२० बैशाख २०८१, बिहिबार | May 2, 2024

क्यासलेस इकोनोमीमा एनआईसी एशियाको पहल, ल्यायो QR Refer and Earn योजना



काठमाडौं । समयसमयमा विभिन्न योजनाहरु ल्याउँदै आएको एनआईसी एशिया बैंकले नयाँ QR मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने QR Refer and Earn योजना ल्याएको छ ।

बैंकका QR मर्चेन्ट तथा ग्राहकले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्ने बैंकले जनाएको छ ।

यस योजनामा बैंकसँग रहेका QR मर्चेन्ट एवं ग्राहकले उक्त २ महिनाको अवधीमा नयाँ त्तच् मर्चेन्ट रिफर गरी उक्त नयाँ QR मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर QR मा आबद्ध भएमा रिफर गर्ने QR मर्चेन्ट एवं ग्राहकलाई बैंकले प्रतिरिफर मर्चेन्ट ७५० रुपैयाँ खुद रकम प्रदान गर्नेछ ।

साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी QR मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै अहिले QR Payment बाट भुक्तानी गर्ने व्यक्तिको संख्या बढ्दै गएको छ । नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु-याउन यस योजनालाई अघि बढाएको बैंकले जनाएकोछ ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर १५ हजार भन्दा बढी QR मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २३ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

यसबाहेक बैंकले हाल प्रत्येक हप्ता ‘ह्याप्पी आवर’ योजना सफलतापूर्वक सञ्चालन गरिरहेको छ । जसमार्फत प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म ग्राहकहरूले मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा थप ५ प्रतिशत रकम फिर्ता प्राप्त गर्न सक्छन् ।

यसैगरी ‘सुपर सिक्स योजना’ मार्फत ग्राहक महानुभापहरूले भाद्र २७ गतेसम्म मोबाइल बैंकिङ्गबाट हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५ सय रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्छन् ।

डिजिटल फष्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो ।

एनआईसी एशिया बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू रहेका छन् । ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैंकका २२ लाख भन्दा बढी ग्राहक रहेका छन् । आफुनो प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब १ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । यस्तै, वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ६ : ०० बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य