११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

संगितकार सन्तोष केसी नयाँ गीत “पियारु” सार्वजनिक



बुटवल । गायक तथा संगितकार सन्तोष केसी नयाँ गीत “पियारु” सार्वजनिक भएको छ ।

नेपाली लोकदोहोरी “नाका थुनेको” बाट नेपाली कला क्षेत्रमा होमिएका सन्तोष केसीले सार्वजनिक गरेको “पियारु” गीतमा सन्तोष केसी र कमला पोखरेलको स्वर रहेको छ ।

गीतमा सुरज गैह्रेको शब्द रहेको छ । त्यस्तै, गीतमा संगीत र थेगो सन्तोषकै रहेको छ । चोखो माया प्रेममा रहेको एक प्रेमिल जोडिको कथालाई गीतमा प्रस्तुत गरिएको छ ।

भिडियोमा नायिका अनु शाह र मोडल रमेश केसी फिचर्ड छन् । अनु र रमेशको केमिस्ट्री भिडियोमा गजब देखिएको छ । उनीहरूको अभिनय जीवन्त छ । भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् ।

अजय रेग्मीले आकर्षक फ्रेममा भिडियो खिचेका छन् । त्यस्तै, भिडियोको सम्पादन शिव पौडेलले गरेका हुन् भने रंग संयोजन अमृत चापागाईंले गरेका छन् । गीतको भिडियो सन्तोष केसीकै अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ ।

गुल्मी मालिका गाउँपालिका वडा नं. ६ अर्जै कुतलडाँडामा जन्मिएका सन्तोष रेडियो नेपालमा स्वर पास भए संगै कला क्षेत्रमा आएका हुन । लोकदाहोरी संगै सुगम संगितमा जमेका सन्तोषका तम्घास माथि रेसुङगाको बन, रेसुङगाको भिरमा टुनि छ, निरमाया, तीज गित भट्टीकी साहुँनी जस्ता दर्जन बढि लोकप्रिय गीतहरु छन् ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ६ : ०१ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा