१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

संगितकार सन्तोष केसी नयाँ गीत “पियारु” सार्वजनिक



बुटवल । गायक तथा संगितकार सन्तोष केसी नयाँ गीत “पियारु” सार्वजनिक भएको छ ।

नेपाली लोकदोहोरी “नाका थुनेको” बाट नेपाली कला क्षेत्रमा होमिएका सन्तोष केसीले सार्वजनिक गरेको “पियारु” गीतमा सन्तोष केसी र कमला पोखरेलको स्वर रहेको छ ।

गीतमा सुरज गैह्रेको शब्द रहेको छ । त्यस्तै, गीतमा संगीत र थेगो सन्तोषकै रहेको छ । चोखो माया प्रेममा रहेको एक प्रेमिल जोडिको कथालाई गीतमा प्रस्तुत गरिएको छ ।

भिडियोमा नायिका अनु शाह र मोडल रमेश केसी फिचर्ड छन् । अनु र रमेशको केमिस्ट्री भिडियोमा गजब देखिएको छ । उनीहरूको अभिनय जीवन्त छ । भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् ।

अजय रेग्मीले आकर्षक फ्रेममा भिडियो खिचेका छन् । त्यस्तै, भिडियोको सम्पादन शिव पौडेलले गरेका हुन् भने रंग संयोजन अमृत चापागाईंले गरेका छन् । गीतको भिडियो सन्तोष केसीकै अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ ।

गुल्मी मालिका गाउँपालिका वडा नं. ६ अर्जै कुतलडाँडामा जन्मिएका सन्तोष रेडियो नेपालमा स्वर पास भए संगै कला क्षेत्रमा आएका हुन । लोकदाहोरी संगै सुगम संगितमा जमेका सन्तोषका तम्घास माथि रेसुङगाको बन, रेसुङगाको भिरमा टुनि छ, निरमाया, तीज गित भट्टीकी साहुँनी जस्ता दर्जन बढि लोकप्रिय गीतहरु छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ६ : ०१ बजे

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ

आजको : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ