२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

काँग्रेस नेताहरुको सामुहिक आरोप, – कोरोना नियन्त्रणमा सरकार चुक्यो



काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर’ विषयक भर्चुअल अन्तरक्रियामा काँग्रेस नेताहरुले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका हुन् ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवम् काँग्रेस नेतृ सुजाता कोइरालाले कोभिड–१९ को असरसँगै अब नेपाललाई आत्मनिर्भरतर्फ लैजानुपर्ने बताइन। कोइरालाले भनिन, “नेपाल आर्थिक समृद्धिका लागि प्रशस्त सम्भावनायुक्त भएको मुलुक हो, यहाँको प्राकृतिक स्रोतलाई सही ठाउँमा प्रयोग गरेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ ।”

नेतृ कोइरालाले नेपालमै उत्पादित जडिबुटीको सहि प्रयोग गरेर आयुर्वेद औषधिको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै कोभिड—१९ पछि मुलुक अब प्रविधिमा जानुपर्ने बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले पर्याप्त तयारी गर्न नसकेको आरोप लगाउँदै काँग्रेसको आगामी महाधिवेशनमा त्याग, योगदान र मूल्याङ्कनका आधारमा सही नेतृत्व छनोट गर्नुपर्ने बताए ।

काँग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले पछिल्लो समय कोभिड–१९ महामारीको चरणमा मुलुक प्रवेश गरेको बताउँदै यसलाई रोक्नका लागि सिङ्गो काँग्रेस एक भएर अगाडि बढ्नुपर्ने जिकिर गरे ।

काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले कोभिड–१९ का कारण नेपालको आर्थिक क्रियाकलापमा नराम्रो प्रभाव पारेको बताउँदै जनता कोभिड–१९ को असरबाट छटपटिएको अवस्थामा मुलुकमा भ्रष्टाचार बढेको छ, यसको नियन्त्रणका लागि काँग्रेसले आवाज उठाउनुपर्छ भन्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले कोभिड–१९ लाई चुनौतीका रुपमा भन्दापनि अवसरको रुपमा लिएर अगाडि बढाउनुपर्ने बताए । गुरुङले सरकारले आगामी दिनमा स्वास्थ्यमा क्षेत्रमा लगानी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस : सरकारको अकर्मण्य नीतिले कोरोना संक्रमण बढेको काँग्रेसको ठहर

काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले कोभिड–१९ ले नयाँ युगतर्फ विश्वलाई अगाडि बढाएको बताउँदै नेपाल पनि नयाँ युगमा प्रवेश गर्नुपर्ने र यसका लागि कृषि क्षेत्रमा विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले स्वास्थ्य र शिक्षामा देश सवल भयो भने मात्र सुखी देश हुने बताउँदै नेपालमा निःशुल्क र अनिवार्य शिक्षा तथा निःशुल्क र नियमित स्वास्थ्यबारे संविधानमा लेख्न लगाउनुपर्ने बताए ।

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कोभिड—१९ ले नेपालको अर्थतन्त्रमा मात्र नभएर सबै क्षेत्रमा असर पारेको उल्लेख गर्दै महामारीले लोकतन्त्रलाई बलियो बनाउने सम्भावना कम हुँदै गएको बताए ।

नेविसङ्घका पूर्वअध्यक्षद्वय रञ्जित कर्ण र महेन्द्र शर्मालगायतले कोभिड–१९ का कारण झण्डै पाँच लाख नेपाली युवा बेरोजगार भएको बताउँदै उनीहरुका लागि रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए ।

युर्निभर्सिटी अफ सेन्टल मिसोरी अमेरिकाका प्राध्यापक डा. केशव भट्टराई, जिपी फाउण्डेशन अमेरिकाका सल्लाहकार डा. राजन पन्तलगायतले वदलिँदो समयानुसार मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कोभिड–१९ ले पारेको प्रभाव र आगामी दिनमा चाल्नुपर्ने कदमबारे फाउण्डेशनले निरन्तर आवाज उठाउँदै आएको बताए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १२ : ४७ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज