१ असार २०८२, आइतबार | June 15, 2025

नेपालगन्ज मेडिकल कलेजमा ७० वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका – ७ कि ७० वर्षीया महिलाको उपचारकै क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबाङ्ले जानकारी दिएका छन् । बिहीबार बिहान १०३० मा ती महिलाको निधन भएको जिल्ला सीसीएमसीले जनाएको छ ।

दुबै फोक्सोमा निमोनिया भएर छातीमा समस्या देखिएपछि ती महिलालाई गत भदौ ३ गते नेपालगञ्जस्थित एक नर्सिङ होममा भर्ना गरिएको थियो ।

कोरोना जस्तै लक्षण देखिएपछि उनको ३ गते नै पीसीआर परीक्षण गरिएको थियो । भदौ ५ गते उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि उनलाई नेपालगन्ज मेडिकल कलेजमा सारिएको थियो । स्वास्थ्य अवस्था बिग्रन थालेपछि भदौ ६ गतेबाट उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १ : २७ बजे

आजको मौसम : कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

वासिंगटन डिसी। अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको

सभामुख घिमिरेले बोलाए प्रमुख दलका सचेतकहरूको बैठक

काठमाडौं । संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले

आज जयतु संस्कृतम् दिवस

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु : मन्त्री खड्का

काठमाडौर. । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण