१२ श्रावण २०८१, शनिबार | July 27, 2024

२४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु, हालसम्म मृत्यु हुनेको संख्या १८३ पुग्यो



काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ५ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार २३ वर्षदेखि ७० वर्षका महिलाले ज्यान गुमाएका छन् ।

बाराका २३ वर्षीया, कास्कीका ३२ वर्षीया, ललितपुरका ६५ वर्षीया, रुपन्देहीका ७० वर्षीया र बाँकेका ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी काठमाडौंका ४८ वर्षीय, कपिलवस्तुका ५० वर्षीय र पर्साका ६२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको आधिकारिक संख्या १८३ पुगेको मन्त्रालयले जनाएको छ । यो मृत्यु दर ० दशमलव ५२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ४ : ४९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्