७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

विहीबार प्रदेश २ मा कोरोनाबाट ८ जनाको मृत्यु



जनकपुर । विहीबार प्रदेश २ मा कोरोना सङ्क्रमणबाट आठजनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

प्रदेशको समाजिक विकास मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो ।

प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ सङ्क्रमित थपिएको हो । अब कूल सङ्क्रमितको सङ्ख्या नौं हजार ५५१ पुगेको छ ।

सोमध्ये ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् । यसैबीच, यस प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेशनमा एक हजार १२१ र होम आइसोलेशनमा तीन हजार ८६२ जना बसेका छन् । रासस

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ५२ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२