१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

विहीबार प्रदेश २ मा कोरोनाबाट ८ जनाको मृत्यु



जनकपुर । विहीबार प्रदेश २ मा कोरोना सङ्क्रमणबाट आठजनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

प्रदेशको समाजिक विकास मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो ।

प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ सङ्क्रमित थपिएको हो । अब कूल सङ्क्रमितको सङ्ख्या नौं हजार ५५१ पुगेको छ ।

सोमध्ये ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् । यसैबीच, यस प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेशनमा एक हजार १२१ र होम आइसोलेशनमा तीन हजार ८६२ जना बसेका छन् । रासस

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ५ : ५२ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,