२९ पुस २०८२, मंगलबार | January 13, 2026

नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताएका छन् ।

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा शुक्रबार आयोजना गरिएको सप्ताहव्यापी भर्चुअल कार्यक्रममा उनले नेपालको राजनीतिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए । ‘नेपालमा भएका हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका रहेको छ, महिला आन्दोलनका कारण महिला अधिकार स्थापित भएको हो’, उनले भने ।

राजनीतिमा महिला सहभागीता बढाउनु जरुरी रहेको उनको भनाई थियो । केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौलाले नेपाली राजनीतिमा महिला सशक्तिकरण हुन नसकेको बताइन् । ‘महिला अधिकार र सशक्तिकरणलाई कांग्रेस नेतृत्वले चिन्न सकेन’, उनले भनिन् । महिलामाथिको हिंसा विरुद्धमा महिला सङ्घ लड्नुपर्ने उनको भनाई थियो ।

नेत्री सङ्ग्रौलाले महिलालाई आर्थिक सवलीकरण र सशक्तिकरणमा महिलालाई जोडेर राजनीतिमार्फत महिला अधिकार प्राप्तीका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरिन् । प्रदेशसभा सदस्य पुष्पा चौधरीले महिला हिंसा अहिलेसम्म पनि नघटेको भन्दै यसका विरुद्ध सिङ्गो महिला एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

पितृसतात्मक सोचलाई चिर्न महिलाहरु लाग्नुपर्ने उनको भनाई थियो । कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गरिन् । ‘मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्’, उनले भनिन् ।

कांग्रेस महासमिति सदस्य रेखा यादव, महिला सङ्घका महासचिव धना खतिवडा, कमला राजभण्डारीलगायतले महिलालाई संविधान र पार्टीले अधिकार दिएपनि अधिकार कार्यान्वयनका लागि महिलाहरु लाग्नुपर्ने बेला आएको बताइन् । रासस

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ६ : १३ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद

बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको

दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला

भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक

परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरण आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले