४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताएका छन् ।

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा शुक्रबार आयोजना गरिएको सप्ताहव्यापी भर्चुअल कार्यक्रममा उनले नेपालको राजनीतिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए । ‘नेपालमा भएका हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका रहेको छ, महिला आन्दोलनका कारण महिला अधिकार स्थापित भएको हो’, उनले भने ।

राजनीतिमा महिला सहभागीता बढाउनु जरुरी रहेको उनको भनाई थियो । केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौलाले नेपाली राजनीतिमा महिला सशक्तिकरण हुन नसकेको बताइन् । ‘महिला अधिकार र सशक्तिकरणलाई कांग्रेस नेतृत्वले चिन्न सकेन’, उनले भनिन् । महिलामाथिको हिंसा विरुद्धमा महिला सङ्घ लड्नुपर्ने उनको भनाई थियो ।

नेत्री सङ्ग्रौलाले महिलालाई आर्थिक सवलीकरण र सशक्तिकरणमा महिलालाई जोडेर राजनीतिमार्फत महिला अधिकार प्राप्तीका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरिन् । प्रदेशसभा सदस्य पुष्पा चौधरीले महिला हिंसा अहिलेसम्म पनि नघटेको भन्दै यसका विरुद्ध सिङ्गो महिला एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

पितृसतात्मक सोचलाई चिर्न महिलाहरु लाग्नुपर्ने उनको भनाई थियो । कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गरिन् । ‘मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्’, उनले भनिन् ।

कांग्रेस महासमिति सदस्य रेखा यादव, महिला सङ्घका महासचिव धना खतिवडा, कमला राजभण्डारीलगायतले महिलालाई संविधान र पार्टीले अधिकार दिएपनि अधिकार कार्यान्वयनका लागि महिलाहरु लाग्नुपर्ने बेला आएको बताइन् । रासस

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ६ : १३ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ