१ पुस २०८२, मंगलबार | December 16, 2025

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । यस्तै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली अवस्थित रहेको र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । सोही कारण मनसुनी गतिविधि जारी रहे पनि केही कमजोर हुने देखिएको हो ।

अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । शनिबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ६ : ३९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज