१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अवरोध छिचोल्दै भैरहवा–लुम्बिनी कोरिडोरको विद्युत प्रसारण लाइन सम्पन्न हुँदै



भैरहवा । बुटवलबाट भैरहवा–लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत् प्रसारण लाइन चार महिनामा पूरा हुने भएको छ ।

बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार महिनाभित्रै प्रसारण लाइन बन्ने जनाएको छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोर लगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो ।

चार वर्षअघि प्रसारण लाइनको विस्तार थालिए पनि स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको हो । हालसम्म आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । योगीकुटीबाट सबस्टेसन रहेको मैनहियासम्म विद्युत् पुर्‍याउन ५६ वटा विद्युत् पोल गाड्नुपर्छ । अहिलेसम्म ३४ वटा पोलका लागि फाउन्डेसन बनेको छ । अब बाँकी २२ वटाको फाउन्डेसन पनि छिट्टै बन्ने पाण्डेको भनाइ छ ।

सबस्टेसनको बाँकी काम र ट्रान्समिसनको काम बाँकी रहेको उनले बताए । ‘टावरबाहेक अरू सबै सामान आइसकेको छ, ३४ वटा फाउन्डेसन तयार भएका छन्, बाँकी २२ वटा फाउन्डेसन पनि छिटै बन्दै छन्,’ उनले भने । एक अर्ब २० करोड लागतको यो आयोजना तीन वर्षभित्र सक्ने लक्ष्य भए पनि चार वर्षसम्म पूरा हुन सकेको छैन ।

विद्युत् विस्तारका लागि जग्गा प्राप्ति र रुट विवादले काम हुन सकेको थिएन तर अहिले सबै विवाद टुङ्गिएको छ र बन्दाबन्दीका बीचमा पनि काम निरन्तर अगाडि बढिरहेको छ, आयोजना प्रमुख पाण्डेले भने । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ७ : ४५ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७