१ मंसिर २०८३, मंगलबार | November 17, 2026

दाङका किसान आलु रोप्न व्यस्त



दाङ । दाङका किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका-२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको आलु आगामी पुससम्म फलिसक्छ ।

स्थानीय बजारमा आलुको निकै माग हुने गरेको उनले बताए । “बजारमा आलुको माग निकै छ”, उनले भने, “त्यसैले हामी अहिले आलु उत्पादनमा लागेका छौँ ।” आलुखेतीमा समयको व्यवस्थापन र मलजलको प्रयोगले उत्पादनमा ठूलो फरक पार्ने स्थानीय किसान श्यामेस चौधरीले बताए । मौसम अनुकूल रहेमा र आवश्यक स्याहार पुगेमा उलेख्य उत्पादन लिन सकिने उनले बताए ।

“राम्रो स्याहार पाएमा एउटै बोटबाट एक किलोसम्म आम्दानी लिन सकिन्छ, कुनैमा अझ बढी पनि हुन्छ”, उनले भने, “आलु रोपेपछि समयसमयमा मलजल राख्ने, गोडमेल गर्ने र आवश्यक परे किरा तथा रोगबाट बचाउन औषधिमुलो छर्किनुपर्छ ।”

आलु उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित सो क्षेत्रका अधिकांश किसान व्यावसायिक रुपमा लागेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ८ : ५० बजे

Your email address will not be published.

काठमाडौं उपत्यकामा मासु जाँच ऐन कार्यान्वयन, पहिलो दिन २० हजार कुखुराको परीक्षण

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र

दाङका किसान आलु रोप्न व्यस्त

दाङ । दाङका किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन्

बेवारिसे बन्यो कान्ति ताल, भत्कँदै संरचना

नेपालगन्ज । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

चितवन । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते