११ श्रावण २०८३, सोमबार | July 28, 2026

कोरोना संक्रमणबाट पोखराका ५८ वर्षीय पुरुषको मृत्यु



पोखरा । पोखरामा शनिबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका -१४ निवासी ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अपरेशन विभागमा भाद्र ७ गते पेटको शल्यक्रिया गरेका ती पुरुषमा कोरोना संक्रमणको आशंका पछि भाद्र ८ गते स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा भाद्र १० गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको आइसीयुमा उपचाररत ती पुरुषको भाद्र १३ गते शनिबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे ।

शनिबार मात्रै गोरखा जिल्ला गोरखा, नगरपालिका -१३ मजुवा घर भइ भरतपुर अस्पतालमा उपचारत ३८ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पछिल्लो तीनदिन यता लगातार गण्डकीका ४ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् भने, हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १ : ५७ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला