२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

घाट लैजाँदै गरेको शव सेनाले बुझेर दाहसंस्कार गरिदिए पछि…..



विराटनगर । विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएका एकजना बिरामीको शव आफन्तले दाह संस्कार गर्न लैजाँदै गरेको अवस्थामा नेपाली सेनाको टोलीले बरामद गरेर दासंस्कार गरेको छ ।

अस्पतालबाट सामान्य मृत्यु भन्दै आफन्तले शव बुझेर दाहसंस्कारका लागि लैजाँदै गर्दा पीसीआर रिपोर्टमा पोजिटिभ पुष्टि भएपछि बीच बाटोबाटै सेनाको शव ब्यवस्थापन टोलीले शवको जिम्मा लिएर दासंस्कार गरिदिएको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ६१ वर्षीय पुरुषको शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भाद्र ३ गते न्यूरो अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु भएको थियो ।

उनको बिहीबार स्वाब संकलन गरिएको भएपनि रिपोर्ट नआउंदै अस्पतालले आफन्तलाई शव बुझाए पछि आफन्तले दाहसंस्कारको तयारी गरेका थिए ।

दाहसंस्कारका लागि लैजाँदै गर्दा उनीमा कोरोना भाइरस रहेको रिपोर्ट आएको थियो ।

कोरोना नगेटिभ देखिएको भन्दै आफन्तले शव लगेको तर पोजेटिभ रिपोर्ट आएपछि स्थानीय प्रशासनलाई खबर गरिएको न्यूरो अस्पतालले जनाएको छ ।

अस्पतालले स्थानीय प्रशासनलाई खबर गरे लगत्तै सेनाको शव ब्यवस्थापन टोलीले शव बुझेर ब्यवस्थापन गरेको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ८ : २८ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको