१ पुस २०८२, मंगलबार | December 16, 2025

काभ्रेका कुल सङ्क्रमितमध्ये स्पाइनल इन्जुरी अस्पतालमा मात्रै ४१ प्रतिशत



काभ्रेपलाञ्चोक । जिल्लाको कूल कोरोना सङ्क्रमितमध्ये ४१ प्रतिशत बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा मात्रै छन् । उक्त अस्पतालमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ ।

शनिबार मात्रै थप ३६ मा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म उक्त अस्पातालमा जिल्लाको कूल सङ्क्रमितमध्ये ४० दशमलव ३१ अर्थात् १०४ सङ्क्रमित भएका छन् ।

तीमध्ये ७२ अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवा सङ्क्रमित छन् । यसबाहेक अस्पतालका २७ कर्मचारी, ११ प्रशिक्षक र अस्पतालको क्यान्टिनमा कार्यरत चार सङ्क्रमित भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।

पोष्टका अनुसार सङ्क्रमितमध्ये ९६ सोही अस्पतालमै, छ होम आइसोलेसनमा रहेको, एक बनेपास्थित शिर मेमोरियल अस्पताल र बाँकी एकको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालको सम्पर्कमा रहेका १२ स्थानीयवासीमा समेत सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले बताए । “उक्त अस्पतालमा केही दिनदेखि अप्रत्याशितरूपमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, अस्पतालका अन्य र सङ्क्रमित स्थानीयको सम्पर्कमा रहेकामा थप कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरा बढाइरहेका छौँ”, झाले भने।

झाका अनुसार यसअघि धुलिखेल अस्पतालमा मात्रै कोरोना भाइरस परीक्षण गर्दै आइएकामा हालै मात्र सदरमुकाम धुलिखेलमा प्रादेशिक प्रयोगशाला स्थापना भएपछि सङ्क्रमण परीक्षणको दायरा बढाउन निकै सहज भएको छ । उक्त अस्पतालका एक कर्मचारीमा यही भदौ १२ गते पहिलोपटक कारोना सङ्क्रमण देखिएको थियो ।

त्यसलगत्तै भदौ ३ गते एक स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि उक्त अस्पतालमा पछिल्ला केही दिनमा उच्च सङ्ख्यामा सङ्क्रमण फैलिएको तथ्याङ्कले देखाएको छ । यसमध्ये पनि भदौ १० र १२ गते सङ्क्रमण सङ्ख्या बढी देखिन्छ ।

उक्त अस्पतालमा सङ्क्रमण नियन्त्रणका लागि शनिबारदेखि स्वास्थ्यकर्मीको एक टोली परिचालन गरिएको छ । स्वास्थ्य प्रमुख झाले उक्त अस्पताल र स्थानीय समुदायमा सङ्क्रमण नियन्त्रणका लागि सहयोगको अपिल गरेका छन् ।

अस्पताल प्रशासनले सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमणदर बढेकामा चिन्ता व्यक्त गर्दैै स्वास्थ्य–सुरक्षा मापदण्डानुसार सङ्क्रमण नियन्त्रणमा गम्भीरतापूर्वक लागेको जनाएको छ ।

धुलिखेल अस्पतालमा पनि ३१ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । योसँगै जिल्लाका ५२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको पोष्टले जनाएको छ । पोष्टका अनुसार २२ सुरक्षाकर्मी पनि सङ्क्रमित छन् ।

जिल्लामा काभ्रेपलाञ्चोकमा हालसम्म २५८ लाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भइसकेको छ भने ९३ उपचारपछि घर फर्किएको र १६३ अस्पताललगायत विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको पोष्टले जनाएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १० : ०२ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा