५ श्रावण २०८३, मंगलबार | July 22, 2026

धनगढीमा तीन लाख बराबरको मोबाइलका ब्याट्री र डिस्प्ले बरामद



कैलाली । धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ ।

धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी दुई लाख ९५ हजार ९५० बराबरका ब्याट्री र डिस्प्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बरामद गरिएका ब्याट्री र डिस्प्ले आवश्यक कारवाहीका लागि आइतबार त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ । त्यसैगरी प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट भन्सार छलीका मोबाइल ब्याट्री र डिस्प्लेसहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी–१ स्थित मोबाइल रिपेयरिङ पसलबाट २०० थान मोबाइलका डिस्प्ले, ५६ थान मोबाइल टच, ३३ थान किबोर्डवाला मोबाइलको डिस्प्लेले, १०६ थान ब्याट्री, ७२ थान ब्याक कभर गरी एक लाख ६६ हजार ३६० बराबरका मोबाइल ब्याट्री र डिस्प्लेसहित पसलका सञ्चालक अमन अहमदलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

यस्तै प्रहरीको सोही टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट भन्सार छलीका ट्र्याक्टरका पार्टपुर्जा र सुपर पावर सुर्तीसहित एक जनालाई पक्राउ गरेको छ । ट्याक्टरका विभिन्न पार्टपुर्जा र सुपर पावर सुर्ती १७ थान पोका अन्दाजीरु ३५ हजार ८५० बराबरको समान लगिरहेको अस्थामा गोदावरी नगरपालिका–७ का धनबहादुर देउवालाई पक्राउ गरिएको जनाइएको छ ।

बरामद गरिएका सामानसहित देउवालाई आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ । रासस

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ९ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं