१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

धनगढीमा तीन लाख बराबरको मोबाइलका ब्याट्री र डिस्प्ले बरामद



कैलाली । धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ ।

धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी दुई लाख ९५ हजार ९५० बराबरका ब्याट्री र डिस्प्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बरामद गरिएका ब्याट्री र डिस्प्ले आवश्यक कारवाहीका लागि आइतबार त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ । त्यसैगरी प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट भन्सार छलीका मोबाइल ब्याट्री र डिस्प्लेसहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी–१ स्थित मोबाइल रिपेयरिङ पसलबाट २०० थान मोबाइलका डिस्प्ले, ५६ थान मोबाइल टच, ३३ थान किबोर्डवाला मोबाइलको डिस्प्लेले, १०६ थान ब्याट्री, ७२ थान ब्याक कभर गरी एक लाख ६६ हजार ३६० बराबरका मोबाइल ब्याट्री र डिस्प्लेसहित पसलका सञ्चालक अमन अहमदलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

यस्तै प्रहरीको सोही टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट भन्सार छलीका ट्र्याक्टरका पार्टपुर्जा र सुपर पावर सुर्तीसहित एक जनालाई पक्राउ गरेको छ । ट्याक्टरका विभिन्न पार्टपुर्जा र सुपर पावर सुर्ती १७ थान पोका अन्दाजीरु ३५ हजार ८५० बराबरको समान लगिरहेको अस्थामा गोदावरी नगरपालिका–७ का धनबहादुर देउवालाई पक्राउ गरिएको जनाइएको छ ।

बरामद गरिएका सामानसहित देउवालाई आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ । रासस

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ९ : ०९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले