२७ भदौ २०८३, शनिबार | September 12, 2026

डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद



महोत्तरी । महोत्तरी प्रहरीले सोमबार बिहान सीमानाकामा चोरी तस्करीका डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १५० किलो मटर बरामद गरिएको हो ।

वनको बाटो हुँदै नेपालबाट भारत लैजानका लागि राखिएको अवस्थामा प्रहरीको गस्ती टोलीले मटर बरामद गरेको छ ।

तस्करहरु प्रहरीलाई देखेर भागेका छन् । त्यस्तै प्रहरीले जलेश्वर नगरपालिका–५ पर्सापतैली गाउँबाट पाँच कार्टुन भारतीय चुरा बरामद गरेको छ ।

भारतबाट भन्सार छली अवैधरूपमा नेपाल भित्र्याएको अवस्थामा प्रहरीले ती चुरा बरामद गरेको जनाइएको छ ।

प्रहरीले बरामद गरेको मटर र चुरा आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १० : ४० बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक