२३ बैशाख २०८१, आइतबार | May 5, 2024

डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद



महोत्तरी । महोत्तरी प्रहरीले सोमबार बिहान सीमानाकामा चोरी तस्करीका डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १५० किलो मटर बरामद गरिएको हो ।

वनको बाटो हुँदै नेपालबाट भारत लैजानका लागि राखिएको अवस्थामा प्रहरीको गस्ती टोलीले मटर बरामद गरेको छ ।

तस्करहरु प्रहरीलाई देखेर भागेका छन् । त्यस्तै प्रहरीले जलेश्वर नगरपालिका–५ पर्सापतैली गाउँबाट पाँच कार्टुन भारतीय चुरा बरामद गरेको छ ।

भारतबाट भन्सार छली अवैधरूपमा नेपाल भित्र्याएको अवस्थामा प्रहरीले ती चुरा बरामद गरेको जनाइएको छ ।

प्रहरीले बरामद गरेको मटर र चुरा आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १० : ४० बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम