२१ माघ २०८२, बुधबार | February 4, 2026

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि



बेइजिङ । चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ ।

चिनियाँ तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको मासिक खरिद सूचक (पिएमआई) मा जुलाईको भन्दा औद्योगिक सूचकमा सामान्य गिरावट आए पनि समग्रमा सुधारोन्मुख देखिएको जनाएको छ । औद्योगिक सूचक गणना गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स ९पिएमआई० मा जुलाईमा ५१ दशमलव १ विन्दु रहेकामा अगष्टमा ५१ मा झरेको देखिएको छ ।

कूल १०० अंकको पीएमआई विन्दु ५० भन्दा बढी भएमा औद्योगिक गतिविधि सकारात्मक रहेको मानिन्छ ।

निर्यात माग सामान्य गिरावट आए पनि त्यसको घट्ने दर निकै कम रहेको छ । यसको मापनमा ४८ दशमलव ४ बाट ४९ दशमलव १ विन्दुले सकारात्मक भएको छ ।

गत वर्षको डिसेम्बरबाट चीनमा कोरोना महामारी फैलिएपछि चीनमा पहिलोपटक लकडाउन गरिएको थियो । गत मार्चमा कोरोना महामारीलाई आफूहरुले परास्त गरेको घोषणा गरेपछि चीनले औद्योगिक उत्पादनका साथै बजार खुला गर्न थालेको थियो ।

चीनको उपभोग्य मागमा पनि सुधार आएको छ तर बेइजिङले चाहेझैं प्रगति हुन सकेको छैन । संयुक्तराज्य अमेरिका र अरु महत्वपूर्ण बजारमा कोरोनाभाइरस संक्रमितको संख्या निरन्तर बढेपछि चीनको निर्यात बजारमा अपेक्षित सुधार आउन सकेको छैन ।

जनवरीदेखि मार्चसम्म करिब ६ दशमलव ८ प्रतिशतले खुम्चिएको चिनियाँ अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा एकाएक ३ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । कारखाना उत्पादनमा राम्रो सुधार आए पनि खुद्रा, रेष्टुराँ र अन्य सेवा उद्योगहरु अझै पनि संघर्षरत छन् ।

प्रक्षेपणहरुले यस वर्षको अन्त्यतिर चिनियाँ अर्थतन्त्र गिरावट आउने अनुमान गरेका छन् किनभने त्यसबखत विश्व बजारमा मास्क, सर्जिकल ग्लोब र अन्य चिकित्सा उपकरणको मागमा कमी आउने थाल्नेछ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ३ : २० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता