२ पुस २०८२, बुधबार | December 17, 2025

चितवनमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार मृत्यु भएका पछिल्लो तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकै दिन चितवनमा संक्रमण मामिलाबाट मृत्युको तथ्यांक बढेको हो ।

यसअघि, सोमबार नै भरतपुर अस्पतालमा ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जना व्यक्तिको सोमबार दिउँसो मृत्यु भएको थियो ।

केही घण्टाको फरकमा मृत्यु भएका उनीहरुमध्ये दुईजनाको मृत्युपश्चात र एक जनाको मृत्युअघि नै स्वाव परीक्षण गरिएको थियो ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राति निस्किएको थियो । रिपोर्टमा तीनै जनाको कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ११ का १८ वर्षीया युवती र ६५ वर्षीय पुरुष रहेका छन् । यस्तै, खैरहनी नगरपालिका वडा नं. १३ का ५५ वर्षीया महिला रहेका छन् ।

ज्वरो र स्वाश्वप्रश्वासको समस्या देखिएपछि उनीहरुलाई आफन्तले अस्पताल लगेका थिए ।

चितवनमा संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना पुगेका छन् । मकवानपुरका ३ जना, गोरखा, पूर्वी नवलपरासी र बाराका १/१ जना रहेका छन् ।

 

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : १२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल