११ श्रावण २०८३, सोमबार | July 27, 2026

चितवनमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार मृत्यु भएका पछिल्लो तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकै दिन चितवनमा संक्रमण मामिलाबाट मृत्युको तथ्यांक बढेको हो ।

यसअघि, सोमबार नै भरतपुर अस्पतालमा ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जना व्यक्तिको सोमबार दिउँसो मृत्यु भएको थियो ।

केही घण्टाको फरकमा मृत्यु भएका उनीहरुमध्ये दुईजनाको मृत्युपश्चात र एक जनाको मृत्युअघि नै स्वाव परीक्षण गरिएको थियो ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राति निस्किएको थियो । रिपोर्टमा तीनै जनाको कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ११ का १८ वर्षीया युवती र ६५ वर्षीय पुरुष रहेका छन् । यस्तै, खैरहनी नगरपालिका वडा नं. १३ का ५५ वर्षीया महिला रहेका छन् ।

ज्वरो र स्वाश्वप्रश्वासको समस्या देखिएपछि उनीहरुलाई आफन्तले अस्पताल लगेका थिए ।

चितवनमा संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना पुगेका छन् । मकवानपुरका ३ जना, गोरखा, पूर्वी नवलपरासी र बाराका १/१ जना रहेका छन् ।

 

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : १२ बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको