३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोरोना संक्रमणबाट काठमाडौंमा थप दुईजनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमितबाट काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनीहरुको कोरेनाको कारण मृत्यु भएको हो ।

काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षिय महिलाको मृत्यु भएको शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले जानकारी दिए ।

उनका अनुसार सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए भने २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो ।

डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।

उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ११ : ४६ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको