७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं उपत्यकामा थपिए २०५ संक्रमित, ललितपुरमा अहिलेसम्मकै धेरै



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ ।

मंगलबार उपत्यकामा २०५ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

ललितपुरमा एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएको यो नै पहिलो पटक हो ।

घना वस्ती भएको काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्ेसँगै महामारी फैलिने डर झन बढ्दै गएको छ ।

कोरोनाको संभावित संक्रमण रोक्न सरकारको कमजोर तयारी र आम मानिस स्वयंले गरेको चरम हेलचक्र्याईंकै कारण उपत्यकामा संक्रमण बढिरहेको छ ।

संक्रमण रोक्न पूर्ण निषेधाज्ञा लगाउनुपर्ने अवस्था आइसकेको जनस्वास्थ्यविद् एवं उपत्यकाका स्थानीय प्रशासनले निस्कर्ष निकाल्न थालेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गगन थापाले काठमाडौं उपत्यकासहित कोरोना हटस्पटहरुमा जनस्वास्थ्य आपतकाल घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ४ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई