१० श्रावण २०८३, आइतबार | July 26, 2026

ओलीलाई नलाग्ने कानुन काठमाडौबासीलाई लाग्ने, प्रधानमन्त्रीले भिड जम्मा गरेकै दिन काठमाडौं प्रशासनको १३ बुँदे निर्देशन



काठमाडौ । प्रधानमन्त्री केपी ओली स्वयम सयौंको उपस्थितीमा तामझामका साथ राम सिताको मुर्ति हस्तान्तरण गर्न निस्केकै दिन काठमाडौ प्रशासनले भने २५ जना भन्दा बढी भेला भए कारवाही गर्ने सुचना जारी गरेको छ ।

आफ्नै अध्यक्षतामा बसेको मन्त्रिपरिषदले गरेको गरेको निर्णय बिपरित सयौंको भेलामा सहभागी प्रधानमन्त्रीलाई नलाग्ने कानुन काठमाडौबासीलाई भने लाग्ने भएको छ ।

कोरोना नियन्त्रणका लागि भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज १३ बुँदे निर्देशन जारी गर्दै निर्देशन पालना नभए कारवाही गर्ने चेतावनी दिएको छ।

मंगलबार जारी निर्देशनमा शैक्षिक संस्थादेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हललगायत भीड हुने स्थानसम्म सबै वैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ। सुचनामा सार्वजानिक सडकमा नथुक्न समेत निर्देशन गर्दै आफुले लगाएको मास्क कम्तीमा ५ दिन सुरक्षित राखेर मात्र सुरक्षित स्थानमा बिसर्जन गर्न भनिएको छ ।

सार्वजनिक सवारीसाधनमा स्वाथ्य मापदण्ड पालना गर्न, २५ जना भन्दा बढी भेला नहुन तथा मठमन्दिरमा पूजारप्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन निर्देशन दिइएको छ।

१३ बुँदामा उल्लेख आदेशको अवज्ञा गरे वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।

यद्देपी आजै प्रधानमन्त्री ओलीले चितवनको ठोरीबासीलाई राम सीताको मुर्ति हस्तान्तरण गर्न भन्दै बालुवाटार भित्रै सयौंको भिड जम्मा गरेका थिए ।

यस्तो छ प्रशासनको निर्देशन  :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/KTM-1.pdf” title=”KTM (1)”]

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ५६ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल