१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अनुदानको मलमा कालोबजारी : प्रतिबोरा १ हजार रुपैयाँमा किन्न बाध्य किसान 



वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा विगत ३ महिनादेखि युरिया मलको अभाव भएपछि त्यहाँका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका हुन् । प्रतिबोरा (५० केजी) युरिया मल ७ सयमा बिक्री गर्नुपर्नेमा स्थानीय व्यापारीले मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने गरेका छन् ।

फलस्वरुप ७ सय रुपैयाँमा प्रतिबोरा पाउने युरिया मल किसानले १ हजारदेखि १ हजार ५ सय रुपैयाँ सम्म खरिद गर्न बाध्य भएको पर्सा रामगढबाका किसान शेषमन पण्डितको भनाइ छ । एकातिर सरकारी अनुदानको मलको अभाव हुनु र अर्कोतिर भारतबाट तस्करी भई नेपाल भित्रिने गुणस्तरहीन मलको बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको अर्को किसान विजय पण्डितको गुनासो छ ।

पर्साका सुदूरग्रामीण क्षेत्रमा मल बेच्ने व्यापारीको भने आफ्नै पीडा छ । एक त भनेजति मल पाउँदैन भने अर्कोतिर भाडा बढी लाग्ने र बाटोभर प्रहरीले दुःख दिने गरेकाले महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया ल्याउन सरकारले आवश्यक प्रक्रिया सुरु गरेपनि लकडाउनका कारण भारतको कलकत्ता बन्दरगाहबाट विगत ३ महिनादेखि आउन नसकेको बताउँदै कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रदेश प्रबन्धक गोरखनाथ केसीले बताए । हाल यस कार्यालयमा पोटास २५ टन र डीएपी ८ टन मौज्दात अवस्थामा रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगञ्जमा मौज्दात रहेको १ सय ६८ टन युरिया मल २ सय ५० वटा डिलरमार्फत सहुलियत दरमा किसानलाई उपलब्ध गराउँदै आइरहेको कार्यालय प्रमुख अमोज लामिछानेले बताए । उनले बढी मूल्यमा मल बेचेको उजुरी आएमा त्यस्ता थोक विक्रेतालाई कारबाही गरिने बताए । पर्सामा ४० हजार ५ सय हेक्टरमा धानखेती हुँदै आएको छ । रासस

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  २ : २५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान