३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

अनुदानको मलमा कालोबजारी : प्रतिबोरा १ हजार रुपैयाँमा किन्न बाध्य किसान 



वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा विगत ३ महिनादेखि युरिया मलको अभाव भएपछि त्यहाँका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका हुन् । प्रतिबोरा (५० केजी) युरिया मल ७ सयमा बिक्री गर्नुपर्नेमा स्थानीय व्यापारीले मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने गरेका छन् ।

फलस्वरुप ७ सय रुपैयाँमा प्रतिबोरा पाउने युरिया मल किसानले १ हजारदेखि १ हजार ५ सय रुपैयाँ सम्म खरिद गर्न बाध्य भएको पर्सा रामगढबाका किसान शेषमन पण्डितको भनाइ छ । एकातिर सरकारी अनुदानको मलको अभाव हुनु र अर्कोतिर भारतबाट तस्करी भई नेपाल भित्रिने गुणस्तरहीन मलको बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको अर्को किसान विजय पण्डितको गुनासो छ ।

पर्साका सुदूरग्रामीण क्षेत्रमा मल बेच्ने व्यापारीको भने आफ्नै पीडा छ । एक त भनेजति मल पाउँदैन भने अर्कोतिर भाडा बढी लाग्ने र बाटोभर प्रहरीले दुःख दिने गरेकाले महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया ल्याउन सरकारले आवश्यक प्रक्रिया सुरु गरेपनि लकडाउनका कारण भारतको कलकत्ता बन्दरगाहबाट विगत ३ महिनादेखि आउन नसकेको बताउँदै कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रदेश प्रबन्धक गोरखनाथ केसीले बताए । हाल यस कार्यालयमा पोटास २५ टन र डीएपी ८ टन मौज्दात अवस्थामा रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगञ्जमा मौज्दात रहेको १ सय ६८ टन युरिया मल २ सय ५० वटा डिलरमार्फत सहुलियत दरमा किसानलाई उपलब्ध गराउँदै आइरहेको कार्यालय प्रमुख अमोज लामिछानेले बताए । उनले बढी मूल्यमा मल बेचेको उजुरी आएमा त्यस्ता थोक विक्रेतालाई कारबाही गरिने बताए । पर्सामा ४० हजार ५ सय हेक्टरमा धानखेती हुँदै आएको छ । रासस

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  २ : २५ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै