१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भिरबाट ढुंगा खसेर घाईते भएकी महिलाको अस्पताल चाहार्दा चाहार्दै ज्यान गयो



बुटवल । कोरोना माहामारीका कारण संक्रमितहरु भोगेको पिडा जस्तै कारोनाका कारण अन्य उपचार नपाउने अवस्थाले नागरिकलाई अझै ठूलो पिडा थपिदिएको छ ।

हरेक बिरामी र हरेक व्यक्तिलाई संक्रमितकै ब्यवहार र संक्रमितकै नजरले हेर्ने गरिएपछि अन्य उपचार गर्ने आवश्यक नागरिक बिचल्लीमा परेका छन् । सामान्य अवस्थामा तलव दिएर सरकारी अस्पताल र बाटाघाटाबाट बिरामी तान्ने कर्मचारी राखेर बिरामी खोसाखोस गर्ने निजी अस्पतालहरु राष्ट्रलाई संकट परेको बेला सेवाबाट गैरकानुनी रुपमा पन्छिने गरेका छन् ।

कुरा मंगलबारको हो । तिनाउ गाँउपालिका ३ श्रीडाँडा माईती भएकी पाल्पा माथाघरकी समिक्षा चौहान केहि दिन अगाडी माईत आएकी थिईन् । माइतीघरमा बिजुलि नभएपछि दाईको घर मोबाईल चार्ज गर्न पुगेकी समिक्षालाई त्यहि मोबाईल चार्ज आफ्नो अन्तिम दिन हुन्छ भन्ने थाहा हुँदो हो त सायद मोबाईल चार्ज नगरि बस्दिहोलिन् । घरमा फोन गर्न चार्ज थिएन, ३ बर्षिया छोरी काखमा च्यापेर माईती नजिकैको दाई गोबिन्द सोमैकोमा मोबाईल चार्ज गर्न पुगेकी समिक्षाको मोबाईल त चार्ज भयो, तर उनको जिन्दगीको चार्ज भने सकियो ।

मोबाईल चार्जमा राखेर घर अगाडी उभिईरहेकी समिक्षाको टाउकोमा डाँडा माथिबाट खसेको ढुँगाले लाग्यो आमा र बच्चा दुबै ढुँगाको चपेटामा परेर बेहोस् भएर ढले । नजिकैका छिमेकिहरु लौन के भयो भन्दै जम्मा भए, बाटोमा रगतको भेल बगेको थियो । उनीहरुले कपडाले बेरेर राखे । अस्पताल लैजाने साधन थिएन गाँउलेसँग र उनीहरुले वडा अध्यक्षलाई गुहारे ।

वडा अध्यक्ष प्रेम पाण्डेयले आफ्नै गाडीमा घाईते द्वयलाई राखेर बुटवल त आए, तर बुटवलमा घाईतेको अवस्था हेर्दिने समेत अस्पताल भेटाउन सकेनन् । बेहोस् घाईते जिउंदो वा मृत्यु समेत सरकारी अस्पतालले हेरिदिएन । घाईते बोकेर सरासर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका प्रेमले लगेको घाईते अस्पतालका स्वास्थ्यकर्मीहरुले भुंइमा समेत राख्न दिएनन् ।

‘कोरोनाको उपचार चलिरहेकाले अन्य रोगको बिरामी लिंदैनौ भनेर फर्काए ।’ वडा अध्यक्ष प्रेम पाण्डेयले बताए । उनले जिउंदो वा मृत्यु हो, त्यत्ती हेरिदिन भन्दा पनि लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्कर्मीहरु घाईते छुन मानेनन् । उनी अस्पताल पुग्दा रातीको लगभग ७ः३० बजेको समय भएको थियो ।

गाडी अस्पतालमा छिराउन नदिएपछि बर्कोमा घाईते बोकेर अस्पतालको आकस्मिक कक्षबाट फेरि गाडीमा हाले र लुम्बिनी सिटी अस्पताल पुगे । सिटीले आनाकानी गर्दै घाईते भित्रायो तर त्यतिबेला सम्म घाईते समिक्षाको मृत्यु भईसकेको थियो ।

अस्पतालले आमालाई मृत्यु घोषणा गर्दै छोरीको टाउकोमा ब्याण्डेज गरिदियो । सिकिस्त छोरीलाई आईसीयूमा राख्नु पर्ने बताए पछि बुटवलमा निजी अस्पतालको राम कहानी फेरि सुरु भयो ।

वडा अध्यक्ष प्रेमले सरकारी अस्पताललाई घेरा लगाएर बसेका प्राय सबै निजी अस्पताल चाहरे तर ३ बर्षिया बलिकालाई आईसीयूमा राख्न कुनै अस्पताल तयार भएनन् । अस्पताललाईन वरिपरिका सबै अस्पताल चाहार्दै उनी काठमाडौं रोडको सिद्धबाबा अस्पताल पनि पुगे तर भित्र आईसीयू खालि भएर पनि अस्पतालले उपचार गर्न मानेन ।

डाक्टरलाई सोध्न गएका सिद्धबाबा अस्पतालका सुरक्षा गार्ड मुसुमुसु आँस्दै आईसीयू खालि छैन रे भन्दै बाहिर निस्केको पाण्डेले बताए । कतिपय अस्पतालले हुँदै नभएको आफ्नो अस्पताललाई सिल गरिएको जवाफ फर्काएको पाण्डेय बताउंछन् । ‘कतै डाक्टर आइसेलेसनमा छन् उपचार हुँदैन भने , कतै अस्पताल सिल छ भने, कतै आईसीयू खालि छैन भने ।’ अध्यक्ष पाण्डेले गुनासो गरे ।

सिटी अस्पतालले नै अन्तिममा जेनस अस्पताललाई सोधेर बालिकालाई आईसीयूमा राखियो । अहिले ३ बर्षिया बालिका करिस्मा चौहानको जेनसमा उपचार चलिरहेको छ ।

यता लुम्बिनी प्रादेशि अस्पतालले भने कोरोना बाहेकका बिरामीको उपचार नगर्ने भन्ने प्रश्न नै नहुने स्पष्ट पारेको छ । अस्पतालले कोभिड-१९, फिभर क्लीनीक र अन्य उपचारको फरक फकर युनिट बनाएर सेवा दिईरहेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मंगलबार साँझ आकस्मिक कक्षमा उपचाररत ४ जनामा कोरोना पुष्टि भएपछि सेनेटराईज गर्न केहि बेर सेवा बन्द भएको अवस्थामा घाईते ल्याईएको हुन सक्ने डा. गौतमले अनुमान गरे । ‘अस्पतालले सबै प्रकारको सेवा सुचारु गरेको छ, बिरामी फर्काउने भन्ने कुरा हुँदैन ।’ उनले भने । मृतक समिक्षाको शव प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ भने घाईते बालिकाको जेनस अस्पतालमा उपचार चलिरहेको छ ।

समस्याका बेला उपचार नगर्ने निजी अस्पताललाई कारवाही गर्नुपर्ने वडा अध्यक्ष पाण्डेयले माग गरे । ‘सिल नै नभएको अस्पताललाई सिल छ भनियो ।’ पाण्डेयले आक्रोश पोखे ।

 

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ३ : ३१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान