२६ बैशाख २०८१, बुधबार | May 9, 2024

रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास



गुल्मी । कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको आज शिलान्यास गरिएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलान्यास गरे । सो अवसरमा नगरपालिकाका प्रमुख भुसाल र प्रमुख जिल्ला अधिकारी शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इञ्जिनीयरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण सम्झौता गरेको हो ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि चार करोड ५२ लाख नौ हजार छ सयमा सम्झौता गरिएको श्रेष्ठ कन्स्ट्रक्सनका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए ।

विसं २०७६ चैत ४ गते सम्झौता भएको भवन र टावर निर्माणको काम आगामी २०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ । कोरोना भाइरस महामारीको नियन्त्रण भए तोकिएको समयमा नै काम सम्पन्न गरिने श्रेष्ठले बताए ।

विसं २०६३ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीको कार्यकालमा रेसुङ्गा विमानस्थल निर्माणको योजना बनाइएको हो । विसं २०७२ देखि विमानस्थल निर्माणको काम नियमित भएको छ ।

पछिल्लो समय मन्त्री ज्ञवालीले विमानस्थल निर्माणको कामलाई विशेष चासोका रुपमा लिएपछि आगामी वर्षसम्म सबै काम सम्पन्न गर्ने गरी तयारी भइरहेको विमानस्थल निर्माण समितिका अध्यक्ष एवम् छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।

पन्थका अनुसार कोभिडको रोकथाम र आफूहरुको सोचअनुसार निर्माण व्यवसायीरुले काम गरे समयमै सम्पन्न हुने छ । विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिग्रहण गर्ने, सम्याउने, पर्खाल लगाउने, बाह्य ढल निर्माणलगायत काम सम्पन्न भएका छन् । यसमा २१ करोड खर्च भएको छ ।

विमानस्थल निर्माणका हिसाबले आर्थिक तथा भौतिक रुपमा अहिलेसम्म ४५ प्रतिशत काम भएको परियारले बताए । त्यसबाहेक धावन मार्ग, टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणको काम पनि समयै सम्पन्न हुने विमानस्थल सहायक आयोजना प्रमुख परियारले बताए । -रासस

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ३८ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s