११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कारागारमा कोरोना संक्रमण फैलिन नदिन उच्च सर्तकता



काठमाडौं । गृह मन्त्रालयले कारागारका कैदी/बन्दीमा कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन उच्च सर्तकता अपनाइएको जनाएको छ ।

विभिन्न कारागारका कैदी/बन्दीमा कोभिड-१९ सङ्क्रमणसँग जोडेर आएका टिप्पणी, प्रतिक्रिया र समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पूर्ण सजक रहेका प्रष्ट पारेको हो ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी कारागारमा थप जोखिम हुन नदिन, कोरोना रोकथाम नियन्त्रणका लागि हरसम्भवका प्रयास गर्न तथा सङ्क्रमित कैदीबन्दीको आवश्यक उपचारको व्यवस्था गर्न प्रहरी प्रधान कार्यालय, कारागार व्यवस्थापन विभागमार्फत् सबै कारागार र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक निर्देशन दिइसकिएको जनाएको छ ।

कोभिड-१९ नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारबाट समय समयमा जारी भएका निर्णय तथा विभिन्न निकायबाट जारी भएका मापदण्ड र परिपत्र कार्यान्वयनको अवस्थाबारे पनि अनुगमन भइरहेकोे भइरहेको छ । कारागारमा जोखिम हुन नदिन पहिलेदेखि नै उच्च साबधानी अपनाइएको र त्यसमा मन्त्रालय पूर्ण सजक रहेको विज्ञप्तिमा उल्लेख छ ।

कैदी/बन्दीमासँग बाह्य व्यक्तिको भेटघाट नियन्त्रण गर्ने, विरामी कैदी/बन्दीलाई सम्भव भएसम्म कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीबाटै उपचार गराउने र सम्भव नभएमा सुरक्षित रुपमा स्थानीय वा अन्य अस्पतालमा उपचार गराउने गरिएको तथा उपचार पश्चात कारागार परिसरमा छुट्टै बस्ने व्यवस्था मिलाइएको छ ।

उपत्यकाको हकमा भने कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई आइसोलेशनको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको र केन्द्रीय कारागार सुन्धाराको परिसरमा रहेको तालिम केन्द्रलाई आइसोलेशन बनाउन निर्माण कार्य थाल्ने लगायत विषयमा मातहतका निकायलाई निर्देशन दिइसकिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमण्माको लक्षण देखिएका गम्भीर खालका विरामीलाई सुविधासम्पन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । यती हुँदाहुँदै पनि केही दिन यता कारागारमा रहेका बैदीबन्दीमा सङ्क्रमण देखिन थालेको छ ।

हालसम्म देशभरका एक सय १८ कैदी/बन्दीमा सङ्क्रमण देखिएकोमा ४९ जना निको भइसकेको, १ जनाको मृत्यु भएको र अन्यको उपचार जारी रहेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ६ : १९ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम