२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बुधबार साँझ श्वास प्रश्वासमा समस्या तथा उच्च ज्वरो आएर अस्पताल अस्पताल पुगेकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । कोरोनासंग मिल्दो लक्षण भएपछि बुधबार नै उनको पीसीआर परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो ।

कोरोना बिशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभए पछि उनलाई प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान साढे ४ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए।

अक्सिजनको सहायतामा उपचार गरिएको उनलाई गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

आज भएको मृत्युसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ९ : ०१ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको