२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कोरोना संक्रमणबाट प्यूठानका एक पुरुषको बुटवलको मुटु अस्पतालमा मृत्यु



बुटवल । कोरोना संक्रमणबाट प्यूठानका एक पुरुषको बुटवलमा मृत्यु भएको छ ।

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उनको मृत्यु भएको हो । मुट अस्पतालमा उपचार गराइरहेका स्वर्गद्वारी नगरपालिका ७ प्युठान का ५८ वर्षीय पुरुषको संक्रमणबाट बुधबार साझ ९:१० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भदौ १० गते बुटवल ल्याइएको थियो ।

उपचारका क्रममा भदौ १५ गते पिसिआर परिक्षणका लागि स्वाव सकंलन गरिएको र भदौ १६ गते रिपोर्ट पोजेटिभ आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

निमोनियाबाट ग्रसित उनलाई उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा भर्ना गरिएको थियो । एक साता अघिदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको आलमले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १० : ५४ बजे

नारायणगढ-मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ