७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने सरकारको निर्णय



काठमाडौं । सरकारले राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा ल्याउन चाहन्थे । तर, अन्तिममा प्रधानन्त्री ओली पार्टीले यसअघि गरेको निर्णय कार्यान्यन गराउने निर्णयमा पुगेका छन् ।

खतिवडा भदौ २० गते रातिबाट पदमुक्त हुनेछन् । स्रोतका अनुसार भदौ २० पछि अर्थमन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले आफैले सम्हाल्ने भएका छन् ।

डा. खतिवडालाई मन्त्रीस्तरको सुविधासहित आर्थिक सल्लाहकार नियुक्त गर्ने योजनामा प्रधानमन्त्री ओली रहेका छन् । अर्थात, खतिवडा डि फ्याक्टो अर्थमन्त्री बन्नेछन् ।

यस्तै, बैठकमा पार्टीभित्रको विवाद समाधान कार्यदलको प्रतिवेदनमाथि पनि प्रारम्भिक छलफल भएको छ ।
कार्यदलले पार्टीको स्प्रिट अनुसार समयमै प्रतिवेदन बुझाएकोमा कार्यदललाई धन्यवाद दिएको प्रवक्ता नारायणकाजि श्रेष्ठ जानकारी दिए ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ६ : १६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११