२१ मंसिर २०८२, आइतबार | December 7, 2025

राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने सरकारको निर्णय



काठमाडौं । सरकारले राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा ल्याउन चाहन्थे । तर, अन्तिममा प्रधानन्त्री ओली पार्टीले यसअघि गरेको निर्णय कार्यान्यन गराउने निर्णयमा पुगेका छन् ।

खतिवडा भदौ २० गते रातिबाट पदमुक्त हुनेछन् । स्रोतका अनुसार भदौ २० पछि अर्थमन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले आफैले सम्हाल्ने भएका छन् ।

डा. खतिवडालाई मन्त्रीस्तरको सुविधासहित आर्थिक सल्लाहकार नियुक्त गर्ने योजनामा प्रधानमन्त्री ओली रहेका छन् । अर्थात, खतिवडा डि फ्याक्टो अर्थमन्त्री बन्नेछन् ।

यस्तै, बैठकमा पार्टीभित्रको विवाद समाधान कार्यदलको प्रतिवेदनमाथि पनि प्रारम्भिक छलफल भएको छ ।
कार्यदलले पार्टीको स्प्रिट अनुसार समयमै प्रतिवेदन बुझाएकोमा कार्यदललाई धन्यवाद दिएको प्रवक्ता नारायणकाजि श्रेष्ठ जानकारी दिए ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ६ : १६ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन