१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्साबाट उपचार थालियो



चितवन । भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्साविधिबाट उपचार थालिएको छ ।

भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्ष्यण नदेखिएकालाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो । गएको आइतबारबाट शुरु गरिएको आइसोलेसनमा हालसम्म ३१ जना महानगरवासी रहेका छन् । जसमा १३ जना महिला छन् । अभिभावकसँगै २ र ८ वर्षका दुई बच्चा पनि छन् । उनीहरुमा भने सङ्क्रमण छैन ।

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेसनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार थालिएको छ जसका लागि बेलुका ५ बजेबाट बिहान ९ बजे सम्मको समयमा ठोस् पदार्थ खान दिइएको छैन । कोइरालाले भने, ‘भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गरेका छौँ ।’ यस विधिलाई जाइनो फेजी पनि भनिन्छ ।

कोइरालाले यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिए । खाना नखाएपछि शरीरका कोषलाई ऊर्जा पुग्दैन । कोइरालाले भने, ‘कोषले ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्छ ।’ प्राकृतिक चिकित्साविधि अन्तर्गत आइसोलेसनमा बसेकालाई बिहान पानीमा मह र कागती मिसाएर दिइन्छ ।

बिहान ६ बजेदेखि ७ बजेसम्म योग, त्यसपछि योगक्रिया जलनेती, कुञ्जजल र घाँटी कुल्ला गरिन्छ । प्रणायाम, हास्य योग, हल्लायोग, नृत्य योगपछि बिहान ९ बजे खाना खुवाइन्छ । कोइरालाले सूर्य स्नान गराएर उच्च रक्तचाप, अक्सीजन मापन, धड्कन मापन जस्ता परिक्षणपछि सङ्क्रमितको अवस्थाकोबारेमा गुनासा भए चिकित्सक सहितको टोलीले सुन्ने जानकारी दिए ।

आइसोलेसनमा रहनेहरुलाई ११ बजे दाल, भात तरकारी सहीतको खाना खाएपछि केही समय आराम गर्न दिईन्छ । दिउँसो २ बजे मह, कागती पानी खाएपछि साँझ ५ बजे दाल, भात तरकारी सहितको पूर्ण भोजन गर्छन । साँझ प्र्राथना पछि आ–आफ्नो कला प्रस्तुत गर्दै रमाईलो गर्ने गर्दछन् । साँझ ७ः३० देखि ८ बजे सम्म दुध र वेसार खाएर सुत्ने कोईरालाले जानकारी दिए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आइसोलेसनमा वसेकाहरु निकै खुशी भएको बताइन् । उनले भनिन्, ‘त्यहाँ रहनुभएकाहरु निकै खुशी हुनुभएको छ । उहाँहरुलाई खुशी वनाएर निको वनाउन सक्दानै हामी सन्तुष्ट हुन्छौ ।’

चिकित्सालयका चिकित्सक एवं कर्मचारीको मिहिनेतले पनि आइसोलेसनमा बस्नेहरु सन्तुष्ट वनेको दाहालको भनाई छ । त्यहाँ रहेका अन्य भवनहरुको पनि मर्मत सम्भार थालिएको छ । उनका अनुसार सबै मर्मत सम्भार गर्दा २ सय जना सम्म राख्न सकीने छ । कम खर्चमा मर्मत सम्भार हुनेलाई पहिलो प्राथमीकतामा राखिएको उनले जानकारी दिइन् ।

पहिलो प्राथमीकता महानगरवासी भएको भन्दै उनले आपत परे वाहिरकालाई पनि राखिने जानकारी दिइन् । जिल्लामा आजसम्म सङ्क्रमितको संख्या ८ सय ४७ पुगेको छ । जसमध्ये ५ सय २४ महानगरका छन् । रासस

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ११ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु