२ पुस २०८२, बुधबार | December 17, 2025

सामूहिक बलात्कार गर्ने दुई पक्राउ



काठमाडौं । सामूहिक बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ । रासस

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १० : ३७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका