३ चैत्र २०८२, मंगलबार | March 18, 2026

सवारी चालक कोरना संक्रमित भएपछि देवचुली नगरपालिकाको सेवा बन्द



कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालीकाको सवारीचालकलाई संक्रमण देखिएपछि ७ दिनको लागि नगरपालिकाको सेवा बन्द गरिएको छ ।

भाद्र १६ गते संकलित स्वावको शुक्रबार प्राप्त नतिजा अनुसार सवारी चालकमा संक्रमण देखिएपछी नगरपालिकाको स्वास्थ्य र सरसफाई सेवा बाहेकका अन्य सम्पुर्ण सेवा बन्द गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलको हस्ताक्षर गरिएको सुचनामा नगरपालिका कार्यालयबाट प्रवाह गरिने दैनिक सेवा बन्द गरिएको स्पष्ट पारिएको छ । तर, वडा कार्यालयबाट हुने सेवा प्रवाह भने यथावत हुने जनाइएको छ ।

नगरपालिकाबाट आज प्रकाशित सुचना अनुसार भाद्र २५ गते बिहिवार सम्म नगरपालिका कार्यालयबाट दिईने सेवा बन्द गरिएको र कर्मचारीहरुलाई सुरक्षित रुपमा होम क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताए ।

देवचुली नगरपालिकामा कोरोना संक्रमित बढिरहेका छन् । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १० : ५७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड