१७ माघ २०८२, शनिबार | January 31, 2026

सवारी चालक कोरना संक्रमित भएपछि देवचुली नगरपालिकाको सेवा बन्द



कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालीकाको सवारीचालकलाई संक्रमण देखिएपछि ७ दिनको लागि नगरपालिकाको सेवा बन्द गरिएको छ ।

भाद्र १६ गते संकलित स्वावको शुक्रबार प्राप्त नतिजा अनुसार सवारी चालकमा संक्रमण देखिएपछी नगरपालिकाको स्वास्थ्य र सरसफाई सेवा बाहेकका अन्य सम्पुर्ण सेवा बन्द गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलको हस्ताक्षर गरिएको सुचनामा नगरपालिका कार्यालयबाट प्रवाह गरिने दैनिक सेवा बन्द गरिएको स्पष्ट पारिएको छ । तर, वडा कार्यालयबाट हुने सेवा प्रवाह भने यथावत हुने जनाइएको छ ।

नगरपालिकाबाट आज प्रकाशित सुचना अनुसार भाद्र २५ गते बिहिवार सम्म नगरपालिका कार्यालयबाट दिईने सेवा बन्द गरिएको र कर्मचारीहरुलाई सुरक्षित रुपमा होम क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताए ।

देवचुली नगरपालिकामा कोरोना संक्रमित बढिरहेका छन् । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १० : ५७ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक