६ असार २०८२, शुक्रबार | June 20, 2025

निर्धारित समयमा धरहरा पुनःनिर्माणको काम नसकिने भएपछि समय थप्ने तयारी



काठमाडौं । ऐतिहासिक धरहरा पुनःनिर्माणको लागि समय थप गरिने भएको छ ।

निर्धारित समयमा पुनःनिर्माणको काम नसकिने भएपछि धरहरा पुनर्निर्माणको लागि समय थप गरिने भएको हो ।

पूर्व निर्धारित समय अनुसार आगामी असोज तेस्रो साता सम्म काम सम्पन्न गरिसक्नु पर्नेछ । हालसम्मा ४१ दशमलव ५ प्रतिशत मात्र काम भएकाले तोकिएकै समयमा काम सम्पन्न हुने सम्भावना नदेखिए पछि समय थप गर्न लागिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले निर्माण कम्पनीले एक वर्षको लागि समय माग गरेको जानकारी दिए । तर कति थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन नभए पनि कम्पनीकै माग र आवश्यकता अनुसार समय थप गरिने उनले बताए ।

निर्माणको क्रममा अहिलेसम्मा १३ तलाको काम सम्पन्न भएको छ भने १४ तलाको काम भइरहेको छ । निर्माणका लागि हालसम्मा रु एक अर्ब १३ करोड सकिएको मानन्धरले जानकारी दिए ।

दैनिक १५० कामदार नियमित रूपमा निर्माणका लागि खटिए पनि कोरोनाको कारण निर्माण सामग्री र कामदारको अभाव भएकाले निर्माणको काम तोकिएको समय भन्दा पर धकोलिएको हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनःनिमार्णको काम तीन वर्ष बितेपछि अघि बढेको हो । निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ६ : ३९ बजे

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२