६ पुस २०८२, आइतबार | December 21, 2025

चन्द समूहका नेता अनिल विरही अस्पतालबाटै पक्राउ



चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् ।

भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले शनिवार अपराह्न गिरफ्तार गरेको छ । उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए। उनले भने “अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उनलाई धनुषा पठाउँछौं ।”

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पु-याइएको छ । धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिए ।

नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए । घरमा काम गर्दा लडेपछि ढाँडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आएका थिए ।

सोही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पु-याएको थियो । नेता विरही विप्लव समूहका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ८ : ०५ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको