१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

माओवादी जनयुद्धले गर्न नसकेको काम जेनजी आन्दोलनले गर्यो : विप्लव



काठमाडौँ । कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहबाट अहङ्कारी सरकार ध्वस्त पारेको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित खबरदारी कार्यक्रममा जेनजी विद्रोहबाट अहङ्कारी सरकार ध्वस्त पारेको बताएका हुन् । उनले सरकार ध्वस्त भएकोमा खुसी पनि ब्यक्त गरे ।

विप्लवले माओवादी जनयुद्ध र नेकपाले गरेको एकीकृत जनक्रान्तिले समेत गर्न नसकेको काम गरेकोमा जेनजी समुहलाई धन्यवाद दिए ।

उनले भ्रष्टाचार वडादेखि नै रहेको र सरकारले ठेक्कापट्टा गर्ने, लुट्ने खाने काम गरेको उल्लेख गर्दै आफुहरुले पार लगाउन नसकेको काम जेनजी आन्दोलनले गरेको जनाए । ‘सरकारले राज्य, सत्ता, डण्डाको बलमा दमन गर्‍यो । जेनजीको विस्फोट भयो । जसका कारण अहङ्कारी सरकार ढल्यो ।’ उनले भने ।

भ्रष्टाचार र बेथिति विरुद्ध आफूहरूले आवाज उठाउँदा तत्कालीन केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाएको स्मरण गरे ।

महासचिव विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताए । जनताको अवस्था परिवर्तनका लागि लडेको तर जनयुद्धबाट त्यो पार नलगेको जनाउँदै विप्लवले अहिले जेनजी विद्रोह पनि तुहिन खतरा बढेको बताए ।

जेनजी विद्रोहले मुलुक नयाँ मोडमा आइपुगेको बताउँदै उनले नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भएको बताए ।

भ्रष्टाचारको अन्त्य, संसदको विघटन, नयाँ संविधानको पुर्नलेखन, प्रत्यक्ष कार्यकारीको निर्वाचनको माग राख्दै जेनजीहरूले नारा लगाइरहँदा आफ्नो पार्टीले पनि पहिलो दिनदेखि नै समर्थन जनाएको उनले बताए ।

विप्लवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘प्रधानमन्त्री होस् वा राष्ट्रपति, फरक पर्दैन, तर जनताले नै प्रत्यक्ष चुन्ने कार्यकारी प्रमुखतर्फ देश जानुपर्छ।’ उनले हालको परिस्थितिमा भने निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था सम्भव नदेखिएको बताए। विप्लवले भने, ‘तर, आजको दिनमा सम्भव छैन।’

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ५ : १२ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति