१७ माघ २०८२, शनिबार | January 31, 2026

नवलपरासी पुर्वमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



कावासोती । नवलपरासी पूर्वमा आइतबार १२ जनामा कोरना संक्रमण पुष्टि भएको छ ।

मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका र बुलिङ गाउँपालिकाकामा कोरना भाइरसका नयाँ संक्रमित देखिएका हुन ।

जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं ७, ८, १० र १५ मा दुईजना महिला र सात जना पुरुष कावासोतीमा २ महिला र बुलिङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण हुनेहरु मध्यविन्दु ७ की ५२ वर्षीया महिला, मध्यविन्दु ८ का ३८ वर्षीय पुरुष, मध्यविन्दु १० का २२, १७, १३, ४४, ३९ वर्षीय पुरुष र ४५ वर्षीया महिला रहेका छन् ।

यस्तै वडा नं. १५ का ४० वर्षीय पुरुष, कावासोती २ की ३२ वर्षीया १ महिला र ९ मा २२ वर्षीय १ महिला र बुलिङका ३८ वर्षीय १ पुरूषमा कोरना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख केशब प्रसाद चापागाईले जानकारी दिए ।

आज थपिएकासँगै नवलपरासी पुर्वमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ४५ पुगेको छ ।

जसमा निको हुनेको संख्या ३ सय ६६ रहेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ९ : ५४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक