७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

माहामारीबाट कसरी माथी उठने सोचौं



सारा बिश्व लाई प्रभावित पार्ने गरी फैलिएको यस महामारी ले मान्छेहरु घर भित्र थुनिनुपर्ने अबस्था आएको छ । मानिसहरू बेरोजगार भएर बसेका छ्न ।

साझ बिहान छाक टार्न मुस्किल भैरहेको छ सबै क्षेत्र मा त्राही मचाइरहेको छ ठुलो नोक्सानी भैरहेको छ । विभिन्न समयका बिपत्तिले हामीलाई पाठ सिकाउदै आएता पनि त्यसको उचित ब्यबस्थापन र सामना गर्ने कुरा मा हामि कम्जोर देखिदै आएका हुन्छौ । हुन त कमिकममजोरीप्रति आलोचना र प्रश्न गर्न सहज छ त्यति उत्पन्न परिस्थितिको ब्यबस्थापन गर्न मुस्किल छ । त्यसैले हामी सचेत सजग हुँदै हातेमालो गर्दै कोभिड-१९ सँग जुध्नुपर्ने समय हो यतिबेला । तर पनि केही सवालहरु उठाउन मन लाग्यो ।

अब हामी यसको प्रभावबाट कसरी उठ्ने ?

सबै एकभएर महामारी सँग लड्ने वातावरण अझै किन देखिदैन ? यस्तै आफ्ना नागरिकलाई स्वदेश फर्काउने कुरा श्रमजीवी मजदुर किसान विद्यार्थी लगायतका बिषयमा गम्भीर कहिले बन्ने ।

यो परिस्थितिमा युवाहरुका ज्ञान सीप उर्जा लाई कसरी प्रयोग गर्ने ? जनतालाई सजग र सचेत बनाउने अभियान परिणाममुखी किन बन्न सकेको छैन ? राहत तथा पुनस्थापनादेखि स्वास्थ सामाग्री खरिद लगायतका कुरामा अनियमितता सुनिनु कति जायज होला यस्ता तमाम सवालहरु छन ।

सागर लुइँटेल

नेपालमा तीन तहका ७६१ सरकारहरु यस परिस्थितिको ब्यबस्थापनमा जुटिरहेका छ्न। जनतामा जुन प्रकारको आसा भरोसा थियो तर हाम्रा नेतृत्व हरुको भुमिका संतोषजनक देखिदैन । वैदेशिक रोजगारमा गएका को कुरा गर्दा दूतावास हरुले कुरा नसनेका विचल्ली भएका घर फर्किन हारगुहार गर्नुपरेका कामदाता कम्पनी ले निकालेका जस्ता अनेक समस्या हरु देखिन्छ उनीहरुलाई स्वदेश फर्काइ गाउँ टोलका पुर्वाधार निर्माण कृषि उत्पादन लगायत क्षेत्रमा लगाउदै उनीहरुको ज्ञान सीप लाई प्रयोग गर्ने बाताबरण बनाउन तिर सरकारको ध्यान दिए जस्तो लाग्दैन ।

श्रमजीवी मजदुरहरुको समस्या पनि त्यस्तै छ । आफुलाई मजदुर नेता भन्नेहरु यो महामारीको समयमा देखिन छाडेका छ्न मजदुरका हितमा जन्मिएका राजनैतिक पार्टीका हजारौं नेताकार्यकर्ता देखिदैन । दुई चार पैसा जोहो गर्न सहर पसेकाहरु महामारीले काम ठप्प हुदा गाउँ फर्कन बाध्य भए हाम्रा समाजबादको नारा नारामा मात्र सिमित देखियो मानौ मजदुरहरुको कुनै मोल छैन भेडाबाख्रा भन्दा सस्ता छ्न ।

यस्तै जस्तोसुकै जोखिममा पनि शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार लाई प्रत्याभूत गर्दै अन्धकार र अन्योलपुर्ण भविस्य निर्माणमा बाधा उत्पन्न हुन नदिन र उत्पन्न हुन सक्ने मनोबैज्ञानिक असर बाट रोक्न विशेष ध्यान दिदै अब टोल केन्द्रित शैक्षिक डेक्स संचालित अनलाइन शिक्षा लगायत का माध्यम बाट अगाडि बढ्नुपर्ने देखिन्छ ।

युवाहरुको ज्ञान सीपलाई प्रयोग गर्ने गाउँ टोलका निष्क्रिय क्लब हरुलाई सकृय बनाउने उनीहरुलाई जिम्मेवारी प्रदान गर्ने कार्यक्रम हरु परिणाम मुखी बनाउने र हामी सँग भएको स्रोत साधन र सामर्थ्यको जगमा यो विषम परिस्थितिको सामना गर्न युवा वर्ग हरुलाई तयार पार्नुपर्ने देखिन्छ ।

अहिलेको महामारीले वातावरणमा केहि सकारात्मक प्रभाव पारेको कुरा जलवायु परिवर्तनका असरहरुमा सुधार देखीएको कुरा पनि आएको छ यतातिर पनि गहिरो समिक्षा हुन जरुरत छ । करिब ४.५५ वर्ष अर्ब पुरानो धर्तीमा विभिन्न महामारी बाट कोरोडौले ज्यान गुमाएको मानव इतिहासले पनि हामी लाई पाठ सिकाउदै आएको छ भन्ने कुरा भुल्नु हुदैनन् त्यसैले सरकार अब थप गम्भीर हुदै आफ्ना ब्यबस्थापकीय कमिमम्जोरी हरु महामारीको नाममा देखीएका अनियमितताहरु सच्चाउदै अघि बढ्नुपर्ने देखिन्छ ।

हुन त सरकार भन्ने बितिकै केन्द्र सरकार हो भन्ने बुझाई छ हामी संघीय सरकारको मात्र होइन स्थानीय तहका अनियमितता भष्टचार हरुमा पनि आवाज उठाउनुपर्ने देखिन्छ ।

हाम्रो एकात्मक सोचले अझै संघीयता लाई मुर्तरुप दिन कठिनाइ भैरहेको अबस्थामा यस महामारीले संघीयताको आवस्यकता छ भन्ने कुराको पनि पुष्टि गरेको छ त्यसैले अब टोल केन्द्रित योजना बनाई प्रत्येक्ष जनताको शाशनको अनुभुति दिनुपर्छ प्रदेश र स्थानीय सरकार हरुलाई सवलिकरण सक्षम र गतिशील बनाउन तिर लाग्नुपर्ने देखिन्छ ।

अन्त्यमा सबै मा अपन्त्व जिम्मेवारी बोध र सकृय भुमिकाको बाताबरण तयार गरि समाजमा योगदान पुर्याउनका लागि भुमिका दिदै सत्ता पक्ष र प्रतिपक्ष भन्ने जस्ता राजनीति कित्ताकाट बन्द गर्दै अनावश्यक भुलभुलैया र निजी स्वार्थ छाडेर । सबै सँग समन्वय गरि यो महामारी बाट माथि उठौ । महामारीसँग जुधौं ।

धन्यवाद 

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १२ : ३३ बजे

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा