११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाग्मती प्रदेशमा विद्युतीय सवारी साधनका लागि चार्जिङ सेन्टरको निर्माण प्रक्रिया शुरु



हेटौंडा । वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ ।

प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर निर्माणका लागि प्रक्रिया शुरु गरिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए । यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन निजी साझेदारी माध्यमबाट विद्युतीय यातायात प्रणाली सञ्चालन गरी आगामी २०८५ सालभित्र प्रदेशका ठूला शहरबाट पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गर्ने गरी काम शुरु गरिएको उनले बताए ।

उनले चार्जिङ सेन्टर राख्न इच्छुक स्थानीय तहलाई १५ दिनभित्र मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गर्दै सूचना जारी गरिएको जानकारी दिए । मूल सडकसँग जोडिएको कम्तीमा तीन रोपनी जग्गा उपलब्ध भए अध्ययन गरेर उपयुक्तता र आवश्यकताका आधारमा सेन्टर निर्माण गरिने उनको भनाइ छ । मन्त्री फुयाँलले सरकारले प्रस्तुत गरेको पहिलो नीति तथा कार्यक्रममा नै ८५ सालसम्म नवीकरणीय ऊर्जालाई प्राथमिकता दिँदै पेट्रोलियम सवारी विस्थापन गर्ने लक्ष्य प्रस्तुत गरिएकाले सरकारले उक्त लक्ष्य पूरा गर्ने गरी काम अगाडि बढाएको बताए ।

उनले सरकारले चाँडै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने जानकारी दिए । पहिलो चरणमा सरकारले धुलिखेलबाट बनेपा, काठमाडौँ, धादिङ, चितवन, हेटौँडा, सिन्धुली हुँदै धुलिखेलका रुटमा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको बताइएको छ ।

प्रदेशलाई हरित र वातवरणमैत्री प्रदेशका रुपमा निर्माण गरिने योजनानुसार काम गरिने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ३ : २० बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको