२५ भदौ २०८३, बिहिबार | September 11, 2026

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक, लुम्बिनीमा थन्किएको बसलाई छिट्टै प्रयोगमा ल्याइने



ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारद्वारा आज यहाँ आयोजित ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रियामा सहभागीहरूले दिगो र पर्यटनमैत्री वातावरण निर्माणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण जोगाउन सबै सरोकारवालाको बलियो प्रतिबद्धता आवश्यक भएको उल्लेख गर्दै उत्पादित विद्युत्को खपत बढाउनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिए । “सरकारले ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाएर विद्युत् उत्पादन बढाउने, वितरण प्रणालीको आवश्यक पूर्वाधार निर्माण र खपत बढाउने गरी योजना बनाएका छ”, उनले भने ।

मन्त्री बस्नेतले सरकारको सहज नीतिका कारण पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनको आयात र प्रयोग बढिरहेको बताए । विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै सरकारले चार्जिङ स्टेशन निर्माणमा पनि जोड दिएको उनको भनाइ छ । “नेपाल विद्युत् प्राधिकरणले हाल ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । आगामी दिनमा थप पाँच सयवटा चार्जिङ स्टेशन निर्माण आवश्यक छ, त्यसतर्फ सरकार अघि बढेको छ”, मन्त्री बस्नेतले भने ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने भए पनि पूर्वाधारमा लगानी पर्याप्त नभएको बताए । “पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ । पर्यटकीय क्षेत्रमा पनि विद्युतीय सवारी प्रयोगमा जोड दिनुपर्छ”, उनले भने, “लुम्बिनीमा पर्यटकका लागि ल्याइएका विद्युतीय बस थन्किएर बसेको अवस्थामा छ । त्यसैले तिनलाई छिट्टै प्रयोगमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ”, उनले भने ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पर्यावरणका क्षेत्रमा सरकारी तवरबाट विभिन्न प्रतिबद्धता आएको र अब प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । राष्ट्र बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) मार्गदर्शन र हालै तयार भएको ग्रीन ट्यासोनोमीको मस्यौदामा पनि विद्युतीय सवारीसाधलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले ८० प्रतिशत कर्जामा विद्युतीय सवारीसाधन खरिद सुविधा दिइएको समेत बताए । “राष्ट्र बैंकले अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको खरिदमा बढी कर्जा पाउने व्यवस्था गरेको छ । अब त्यसका उपयोग गर्नुपर्छ”, उनले भने ।

वातावरणविद् भुषण तुलाधरले विश्वव्यापीरूपमा वातावरणीय प्रदूषण बढिरहेकाले त्यसको न्यूनीकरणका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले विद्युतीय सवारी खरिदमा कर्जा लिँदाको जोखिम भार पनि कम गर्नुपर्ने धारणा राखे । हाल काठमाडौँमा साझा यातायातले ४० वटा विद्युतीय सवारीसाधन थपेको भन्दै यसबाट पनि प्रदूषण कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

विद्युतीय सवारी बिवाइडीको आयातकर्ता कम्पनी सिनेम्याक्स इङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले हाल नेपालमा १५ हजारभन्दा बढी बिवाइडी गाडी गुडिरहेको जानकारी दिदै पर्यावरण जोगाउनका लागि विद्युतीय सवारीसाधनको विकल्प नभएको बताए । उनले पछिल्लो समय चार्जिङ स्टेशनको उपलब्धता र कम खर्चिलो हुने हुँदा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको बताए ।

आयोजक स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले सरकार व्यवसायमैत्री र व्यवसाय वातावरणमैत्री हुनुपर्नेमा जोड दिँदै विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने धारणा राखे । “नेपालमा गुणस्तरीय पर्यटक आउने क्रम बढेको छ, लक्जरी होटल पनि थपिँदै छन् तर पर्यटकमैत्री गुणस्तरीय सवारीसाधनको प्रयोग भने बढाउन सकिएको छैन । यसको प्रयोग बढाउनुपर्छ”, उनले भने ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १० : ४७ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ