२९ बैशाख २०८२, सोमबार | May 13, 2025

वीर अस्पताल अब कोभिड अस्पताल



काठमाडौं । सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिए । कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ ।

उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित शसस्त्र प्रहरीको अस्पताल रहेका छन् । ति अस्पतालमा कोभिड–१९ वाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।

यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ ।

ति स्वयंसेवकले कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गर्ने मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

कोभिडको मार्गचित्र निर्धारण गर्न समिति

कोभिड–१९ का सन्र्दभमा राष्ट्रिय मार्गचित्र निर्धारण गने सम्बन्धमा प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट डा. प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् व्यवस्थापन एकाइबाट एक सदस्य–सचिव रहने छन् ।

सरकारी प्रयोगशालाले मापदण्डबाहेकको नमूना परीक्षण नगर्ने

यसैगरी मन्त्रालयले सबै सरकारी प्रयोगशालाले गर्ने नमूना सङ्ख्याको ५० प्रतिशत नमूना परीक्षण मापदण्डमा नपरेका व्यक्तिको शुल्क लिएर परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले सबै सरकारी प्रयोगशालाले गर्ने परीक्षणको ५० प्रतिशत सरकारको मापदण्डमा परेका सङ्क्रमितको नमूनाका लागि स्वाब निःशुल्क गर्ने र ५० प्रतिशत मापदण्डमा नपरेका व्यक्तिको नमूना परीक्षणमा शुल्क लिने भन्ने निर्णय गरेको बताए ।

पचास प्रतिशत नमूना परीक्षणका लागि प्रयोग हुने सम्पूर्ण रिएजेन्ट अस्पताल वा प्रयोगशालाले आफैले खरिद गर्नुपर्ने छ ।

६० शैया आइसियुका लागि बजेट निकासा

मन्त्रालयका प्रवक्ता डा. गौतमले अर्थ मन्त्रालयबाट ६० श्यया सघन उपचार कक्ष (आइसियु) का लागि बजेट निकासा भएको जानकारी दिए । ति आइसियु श्यया त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा बन्ने छन् ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ५ : ५५ बजे

पूर्वपश्चिम राजमार्गको चोरमारामा पुल भासियो, राजमार्ग पूर्ण अवरुद्ध

नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्रीले गरे उद्घाटन

काठमाडौ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा