५ श्रावण २०८३, मंगलबार | July 22, 2026

रुपन्देहीको तिलोत्तमामा सुरुभयो कोभिड अस्पताल



बुटवल । तिलोत्तमा नगरपालिकाको अगुवाईमा वडा नं ९ स्थित केवलानीमा अस्थाई कोरोना अस्पताल सेवा शुरु भएको छ । आजबमट सञ्चालनमा आएको सो अस्पतालको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले कोरोना फोकलपर्सन केशव भट्टराईलाई साचो हस्तान्तरण गरेर उदघाटन् गरेका छन् ।

नवनिर्मित सभा हललाई छोटो समयमा अत्याधुनिक अस्पतालका रुपमा पूवार्धार बिकास गरिएको नगरप्रमुख घिमिरेले बताए । नगरपालिकाको अन्य शिर्षकको बजेटलाई अस्थाई अस्पतालमा लगाईएको बताउँदै नागरिकमा अस्पतालमा बेड नपाउने, अक्सिजन अभावको मानसिक चिन्ता भैरहेको बेला स्थानिय सरकारबाट एउटा चिकित्सकसहित पालिकाका स्वस्थ्यकर्मीहरुको निगरानीमा सेवा शुरु गरिएको बताए । अस्पतालमा भर्ना भएका विरामीहरु र कर्मचारीलाई खानाको समेत ब्यवस्थापन नगरपालिकाबाट हुने उनले बताए ।

नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलद्वारा आइसोलेसनलाई ६५ लाखको बजेट सहमति भएसंगै एक सय बेड सहितको सेन्टर फ्लो अक्सिजन सिष्टम जडान गरेर बिरामीको उपचार गरिने गरि पुर्वाधार थपको तयारी गरिने नगरप्रमुख घिमिरेले बताए ।

यसैगरि नगर सचिवालयबाट अस्पतालको संचालन तथा ब्यवस्थापन समिति गठन भएको छ । जसको संयोजक उपप्रमुख जागेश्वरी चौधरी तथा सदस्यहरु नारायण न्यौपाने, कृष्ण पौडेल, दुर्गा पाण्डे, ईलाका प्रहरी कार्यालयको प्रतिनिधि, खगराज पोखरेल, चेत नारायण भण्डारी र सदस्य सचिव नगरका कोरोना फोकलपर्शन केशव भट्टराई रहेका छन ।

कोरोना फोकलपर्सन केशव भट्टराईले ४० बेडमा पुर्ण रुपमा अक्सिजन पाईप जोडिएको बताए । नगरमा कोरोना संक्रमितहरु जो अक्सिजन अभावमा तड्पिएका छन् उनीहरुलाई उपचारमा प्राथमिकता दिईने उनले बताए ।

यसअघि नै नगरपालिकाले शंकरनगरमा ए र बि ब्लकमा कोभिड आईसोलेसन सेवा संचालन गरिरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १ : २९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं