२ मंसिर २०८२, मंगलबार | November 18, 2025

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह



काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका छन् ।

बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको जानकारी दिए ।

उनले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिए । राज्यमन्त्री मानन्धरले अहिलेको विशेष परिस्थितिमा स्वास्थ्य क्षेत्रमा अक्सिजन अत्यावश्यक रहेको हुँदा अन्य क्षेत्रमा यसको खपत नगर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध गरे ।

जनमैत्री अस्पतालमा आजैदेखि ३० शय्याको कोरोना अस्पताल सञ्चालन हुन लागेको छ । केही दिनभित्र ४० शय्याको सघन उपचार कक्षसहित १२० शय्या सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिए । गत वर्ष महामारीमा भदौदेखि पुससम्म कोभिड बिरामीको उपचार गरेर अस्पताल पुनः बन्द भएको थियो ।

पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएपछि काठमाडौँ उपत्यका र बाहिरी जिल्लाका अस्पतालमा पनि अक्सिजनको अभावमा सङ्क्रमित बिरामीले ज्यान गुमाएको खबर आइरहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  २ : ४४ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो