१७ माघ २०८२, शनिबार | January 31, 2026

पूर्वी नवलपरासीको देबचुलीमा थपिए १५ जना कोरोना संक्रमित



कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिका वडा नम्बर २, १३, ९, १२,१४ र १६ मा कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण देखिनेहरुमा देवचुली वडा नम्बर २ का ६ जना वडा नम्बर १३ का ३ जना, वडा नम्बर ९ का २ जना, वडा नम्बर १२, १४ र १६ को एक एक जना रहेका छन् । जसमध्ये पुरुष ११ जना पुरुष र ३ जना महिला रहेका छन् ।

संक्रमित हुनेहरुमा देवचुली १६ का ३६ वर्षिय पुरुष, देवचुली २ का २५,२८,२६,३० र २० वर्षिय पुरुष रहेका छन् भने २८ वर्षिय महिला रहेकी छन् । देवचुली १२ को २४ वर्षिय पुरुष, देवचुली १३ का १५, १६ वर्षका पुरुष र ४५ वर्षिय महिला रहेकी छन् ।

त्यस्तै देवचुली ९ को ३८ वर्षिय पुरुष र ३१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै देवचुली १४ को ५० वर्षिय पुरुषमा संक्रमण देखिएको देबचुलीनगरपालिका स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले ले जानकारी दिए ।

संक्रमित सवैलाई रजहर आईसोलेसनमा लैजाने तयारी भईरहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ४० बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक