२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णाली प्रदेशसभा सदस्य श्रेष्ठलाई कोरोना संक्रमण



सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आज प्राप्त रिपोर्टले उनमा सङ्क्रमण देखाएको हो ।

प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलले आज स्वाब सङ्कलन गरी आरटी परीक्षण गर्दा श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएको बताए ।

प्रदेशसभा सदस्य श्रेष्ठले पनि आफूलाई संक्रमण देखिएको पुष्टि गरे । ‘स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ आएको छ, म अहिले होम आइसोलेसनमा छु । स्वास्थ्य अवस्था सामान्य छ । मसँग कन्ट्याक्टमा रहेका व्यक्तिको ट्रेसिङ चाँडो गराउन म सङ्क्रमण भएको समाचार आउन जरुरी छ ।’

आज प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ । यसअघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष रजवअलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढ्थापा, अधिवक्ता दिलबहादुर महत, महिला अधिकारकर्मी भगवती श्रेष्ठ र एनजिओकर्मी टेकबहादुर रावतलाई पनि कोरोना सङ्क्रमण देखिएपछि उनीहरू चार दिनदेखि आइसोलेसनमा छन् । रासस

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ५४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका