१६ बैशाख २०८१, आइतबार | April 29, 2024

निषेधाज्ञा खुकुलो बनाई अर्थतन्त्र चलायमान गराउन निजी क्षेत्रको माग



काठमाडौं । निजी क्षेत्रले कोरोना संक्रमण नियन्त्रणका नाममा लगाईंदै आएको निषेधज्ञालाई खुकुलो बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बालुवाटारमा निजी क्षेत्रसँग आयोजना गरेको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले निषेधाज्ञा खुकुलो बनाएर अर्थतन्त्र चलायमान बनाउन आग्रह गरेका हुन् ।

छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निषेधाज्ञालाई खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको बताइन् ।

उनले भनिन, ‘ कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणसँगै अर्थतन्त्र पनि चलायमान हुनुपर्नेमा आफूहरूले जोड दिएका छौं ।’

त्यसक्रममा ‘प्रधानमन्त्रीले नीतिगत तहमा के–कसो गर्न सकिन्छ भन्नेबारे जानकारी लिएको उनले बताइन । उनले भनिन्, ‘अर्थतन्त्र चलायमान कसरी गराउने भन्नेमा प्रधानमन्त्रीले चासो लिनुभयो ।’

तर, भदौ २४ पछि सरकारले गर्ने विषयमा भने प्रधानमन्त्रीले व्यवसायीलाई केही नभनेको उनको भनाइ छ । अध्यक्ष राणाले विद्युत् महसुलमा उद्योग व्यवसायलाई छुट दिने विषयलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेको बताइन ।

‘निजी क्षेत्रले जे–जे सुझाव दिएको छ, त्यो कार्यान्वयन होस् भन्ने हाम्रो आग्रह हो,’ उनले भने, ‘हामीेले निषेधाज्ञा खुकुलो बनाउन माग गर्दै आएका छौं,

छलफलमा सहभागी नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिडको प्रोटोकल मेन्टेन गरेर उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका थिए ।

रोग र भोकबाट कुनै किसिमको समस्या नआओस् भन्ने कुरा आफूहरूले प्रधानमन्त्रीसमक्ष राखेको अध्यक्ष मोरले जनाए । निजी क्षेत्रले आपूर्ति व्यवस्था सहज गर्न पनि माग गरेको छ ।

‘प्रधानमन्त्रीले सबै कुरा नोट गरेका छौं, कसरी हुन्छ, काम गर्छौं भन्नुभयो,’ उनले भने, ‘अर्थतन्त्रलाई ध्वस्त पार्ने गरी कुनै काम गर्दैनौं भनेर आश्वासन दिनुभयो ।’ समस्याको समाधान गर्ने कुरामा आश्वस्त पारेको उनको भनाइ छ ।

निषेधाज्ञाले आफूहरूलाई तनाब दिएको र यसलाई खुकुलो बनाएर अघि बढ्नपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेको पनि उनले बताए । ‘उद्योग चलेपछि हामीले राजस्व तिर्न सजिलो हुन्छ, त्यसले आर्थिक गतिविधि पनि बढ्छ,’ उनले भने ।

लकडाउन खुकुलो बनाउँदै उद्योग क्षेत्र चलायमान बनाउनुपर्नेमा सबै उद्योगीको एकमत रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उद्योगहरूलाई रोटेशन गरेर भएपनि चल्न दिनुपर्ने उनले बताए । उनले भने, ‘एक दिन गार्मेन्ट चल्न दिने र अर्को दिन अरू उद्योग चलाउने गरी वातावरण तयार गर्न पनि आफूहरूले आग्रह गरेका छौं । कसरी हुन्छ, उद्योग व्यवसाय चल्ने वातावरण बन्नुपर्‍यो ।’

छलफलका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाईं सबैको साझा लडाईं भएका अहिलेको मुख्य प्राथमिकता सबैको दायित्व भएको बताएका थिए । कोरोना नियन्त्रणमा सरकार लागिपरेको भन्दै प्रधानमन्त्री ओलीले कोरोना रोकथामसँगै अर्थतन्त्र विनाशतर्फ जानबाट जोगाउन प्रयत्नशील रहेको बताएका थिए ।

छलफलमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योगमन्त्री लेखराज भट्ट, उद्योग राज्यमन्त्री मोतीलाल दुगड, गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल एवं सचिवलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : १३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क