१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी भदौ २६ गते स्थाय कमिटी बैठक बोलाएको छ ।

साउन १३ गतेदेखि अवस्द्ध स्थायी कमिटी बैठक पुनः बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीचको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेनमाथि छलफल हुने बताइएको छ ।

गत असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक अझैसम्म सकिएको छैन । बैठककै बीचमा असार १६ गतेबाट शिर्ष नेतृत्वबीच चरम विवाद बढ्ेपछि बैठक अवरुद्ध हुँदै आएको थियो ।

अन्तिम पटक साउन १३ गते केही मिनेटका लागि मात्र बैठक बसेको थियो । नेतृत्वबीच विवाद बढेपछि पार्टी फुटको अवस्थासम्म पुगेपनि अन्तिममा पार्टी एकता पक्षधर नेताहरुको दबाब र पहलमा पार्टीमा सहमति खोज्न विवाद समाधान कमिटी बनाइएको थियो ।

महासचिव पौडेलको नेतृत्वमा बनेको ६ सदस्यीय कमिटीमा ओली, प्रचण्ड र नेपाल समुहका दुईदुई जना नेताहरुको सहभागिता रहेको थियो । सो कमिटीले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पार्दै अध्यक्षद्वयलाई बुझाएको थियो ।

तर, नेता माधव नेपालले भने प्रतिवेदन अस्पष्ट रहेको बताउँदै आएका छन् । गत शनिबारमात्रै अध्यक्ष प्रचण्डले पनि अध्यक्षको कार्यकारी भूमिकाबारे प्रतिवेदन प्रष्ट नभएको बताएका थिए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १२ : ०३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्