१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी भदौ २६ गते स्थाय कमिटी बैठक बोलाएको छ ।

साउन १३ गतेदेखि अवस्द्ध स्थायी कमिटी बैठक पुनः बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीचको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेनमाथि छलफल हुने बताइएको छ ।

गत असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक अझैसम्म सकिएको छैन । बैठककै बीचमा असार १६ गतेबाट शिर्ष नेतृत्वबीच चरम विवाद बढ्ेपछि बैठक अवरुद्ध हुँदै आएको थियो ।

अन्तिम पटक साउन १३ गते केही मिनेटका लागि मात्र बैठक बसेको थियो । नेतृत्वबीच विवाद बढेपछि पार्टी फुटको अवस्थासम्म पुगेपनि अन्तिममा पार्टी एकता पक्षधर नेताहरुको दबाब र पहलमा पार्टीमा सहमति खोज्न विवाद समाधान कमिटी बनाइएको थियो ।

महासचिव पौडेलको नेतृत्वमा बनेको ६ सदस्यीय कमिटीमा ओली, प्रचण्ड र नेपाल समुहका दुईदुई जना नेताहरुको सहभागिता रहेको थियो । सो कमिटीले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पार्दै अध्यक्षद्वयलाई बुझाएको थियो ।

तर, नेता माधव नेपालले भने प्रतिवेदन अस्पष्ट रहेको बताउँदै आएका छन् । गत शनिबारमात्रै अध्यक्ष प्रचण्डले पनि अध्यक्षको कार्यकारी भूमिकाबारे प्रतिवेदन प्रष्ट नभएको बताएका थिए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १२ : ०३ बजे

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा